logo-img

सिरी ‘ए’ मा इन्टर मिलानको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि उसले दोस्रो स्थानमा रहेको युभेन्टसभन्दा ५ अंकको अग्रता बनाएको हो ।  

इन्टरको १९ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अंक रहेको छ । घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज  र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए ।

१३ औँ मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औं मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए । 



अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १० औं मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो । 



पराजित भएको भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औं स्थानमा छ ।
 



  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार ७:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया