त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो भन्दा बढी सुन बरामद भएको छ । एक किलो ३०० ग्राम अवैध सुनसहित श्रीलंकन महिला पक्राउ परेकी हुन् ।
श्रीलंकन महिला कान्ति माथी कावास्कर शनिबार राति १२:५ बजे फ्लाई दुबईबाट काठमाडौं आएकी थिइन् । अवैध सुन लिएर विमानस्थल पास हुने प्रयासमा रहेकी उनी चेकजाँचका क्रममा १ किलो ३०० ग्राम सुनसहित पक्राउ परेकी हुन् ।
उनले लुकाएर सुन ल्याएको बताइएको छ । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।