logo-img

वेस्ट बैंकमा सात प्यालेस्टिनी र एक इजरायली अफिसर मारिए

कब्जा गरिएको वेस्ट बैंकमा इजरायली ड्रोन हमलामा आइतबार सात प्यालेस्टाइनीको मृत्यु भएको छ । एक इजरायली पुलिस अफिसरको पनि आक्रमणमा मृत्यु भएको छ । 

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंकको जेनिन क्षेत्रको मुथलथ अश–शुहादा गाउँका चार दाजुभाइहरूसहित सात पीडित सर्वसाधारण रहेको बताएको छ । 

यसैबीच, इजरायली सेनाले ड्रोन हमलाको फुटेज जारी गर्दै कम्तीमा ६ जना मारिने आतङ्ककारी भएको बताएको छ । इजरायली सेनाले शनिबार र आइतबारको बीचमा रातभर जेनिनमा छापा मार्दा स्थानीय युवाहरूसँग झडप भएको थियो ।

गत ७ अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि पश्चिम किनारामा हिंसा बढेको छ । 





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १०:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया