logo-img

नेपाल क्रिकेट संघको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले उत्सव ढुंगानालाई महाप्रबन्धकमा नियुक्त गरेको छ । 

गत असारमा तत्कालीन महाप्रबन्धक वृत्तान्त खनालले राजीनामा दिएपछि सो पद रिक्त थियो । खनालले अध्यक्ष चतुरबहादुर चन्दसँगको विवादका कारण राजीनामा गरेका थिए । 

क्यानले सन् २०२४ को लागि एक सूचनामार्फत महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको थियो । परेका आवेदनमध्येबाट महाप्रन्धकको सर्टलिस्ट गरे पनि क्यानको नयाँ कार्यसमितिले पुनः अर्को सूचना निकालेको थियो। 



महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल थिए।

सुरुमा ६८ जनाको निवेदन परेको थियो। १४ जनाको सर्टलिस्ट गरेर लिखित परीक्षा लिएपछि ७ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो। 

दोस्रोपटकको सूचनामार्फत ढुंगाना नयाँ महाप्रबन्धक बन्न सफल भएका हुन् । 





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार २०:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया