शेखरको स्वीकारोक्ति : चाहेर पनि टिकट वितरणमा सबैलाई न्याय गर्न सकिएन

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय सभा सदस्य निर्वाचनको टिकट न्यायोचित रूपमा वितरण गर्न नसकिएको स्वीकार गरेका छन् ।सोमबार उम्मेदवारहरुको मनोनयन दर्तापछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । 

कोइरालाले भनेका छन्, ‘राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो इतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सूची लामो थियो, यसर्थ सीमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ ।’

पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रक्रियालाई प्रभावित गर्ने शक्तिहरुका कारण सबैलाई न्याय गर्न नसकेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘पार्टीको वर्तमान ढाँचा, सोच र निर्णय प्रकियालाई प्रभावति गर्ने शक्ति के–कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती–कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझाबबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्दछु, मेरो अभियान पार्टीमा अवसरको न्यायोचित वितरण होस् भन्ने नै हो ।’





  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार २१:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया