उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । 

५७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरीष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् । 

श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । पन्त तृतीय उपाध्यक्ष थिए । 

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए । 

कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो । 
 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार ९:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया