दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
फाइल तस्बिर

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पदबाट राजीनामा दिएका हुन् ।

स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही तरिकाले काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा बेला खनालले राजीनामा बुझाएका हुन् ।

उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । 

खनाल ९ साउन २०७६ मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।  
 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार १३:३४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया