काेशी प्रदेशमा यो वर्ष हालसम्मकै बढी धान उत्पादन

अन्न उत्पादनका लागि उर्बर मानिने कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । यो प्रदेशमा हालसम्मकै बढी धान उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो हालसम्मकै बढी उत्पादन भएको जनाइएको छ ।आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क छ ।

यस वर्ष धान लगाइएको क्षेत्रफल केही घटेको भए पनि उत्पादकत्व बढ्दा उत्पादनमा सकारात्मक प्रभाव परेको मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले बताए । 

कोशीमा यो वर्ष एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उन्नत जातको बिउ प्रयोग भएको, रोगको प्रकोप उति नपरेको, मल समयमै उपलब्ध भएको साथै मौसम अनुकूल भएकाले उत्पादनमा उल्लेख्य बृद्धि भएको जनाइएको छ । 





  • प्रकाशित मिति : पुस २४, २०८० मंगलबार १३:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया