logo-img

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

अमेरिकी समाचारमाध्य न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखको विचमा अवस्थित रहेको छ । करिब ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको थियो ।

मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो ।



मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथक्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

यसैगरी धार्मिक हिसाबले  पनि यो जिल्लाको महत्त्व रहेको छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको बाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास भएको पाइन्छ । 



गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दु धर्म प्रति आस्थावान देखिन्छन् । न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२ औं स्थानमा छ ।



  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १०:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया