अभिनेता पंकज त्रिपाठीका रोचक तीन किस्सा

बलिउड अभिनेता पंकज त्रिपाठीको जन्म भारतको बिहारस्थित गोपालगञ्ज जिल्लाको बेलसण्ड गाउँमा भएको हो । उनले बाल्यकाल गाउँमै बिताए । उनले हालै एक अन्तरवार्तामा आफ्ना युवावस्थाका तीन रोचक किस्सा सुनाएका छन् । 

युवतीलाई आकर्षित गर्न साइकल स्टण्ट

पंकज सानैदेखि साइकलको सौखिन थिए । यही कारण उनी युवतीलाई आफूतिर आकर्षित गर्न साइकलको स्टण्ट गर्थे । ‘कक्षा ७ वा ८ मा पढ्दाको कुरा हो । गाउँमा एक युवा थिए, जो साइकलमा स्टण्ट गर्थे । उ स्कुलमा हुने स्लो रेसको विजेता पनि थियो । उ युवतीबिच निकै लोकप्रिय थियो । त्यही देखेर मैले पनि साइकलको स्टण्ट गर्न सिकें । म साइकलको स्टण्ट सिकेर आगामी वर्षको विजेता बन्न चाहन्थें । तर त्यसो हुन सकेन’, उनले भनेका छन् ।

पौडी सिक्न किरा सेवन

उनको पौडीवाला किस्सा झन् रोचक छ । उनका अनुसार पंकजको घर पछाडि एउटा नदी थियो, जहाँ उनी पौडी सिक्न चाहन्थे । ‘मेरो गाउँका बालबालिकाहरू निकै बदमास थिए । तीमध्ये एक बालकले मलाई नदीमा बग्ने कालो किरा खान सकेमा आफूलाई पौडिन आउने सल्लाह दियो । मैले त्यसै गरेँ । मैले झन्डै १० देखि १२ वटा किरा खाएँ । धन्न मेरो पेट खराब भएन । कीरा खाए पनि मैले पौडिन जानिन्, पंकज सम्झन्छन् ।

थर परिवर्तन



उनको वास्तविक नाम पंकज तिवारी थियो । उनका गाउँमा धेरै तिवारी वा पुजारी वा किसान थिए । उनको एक काकाको थर त्रिपाठी थियो, जो सरकारी जागिरे थिए । अर्का एक बाबा थिए, जसको थर पनि त्रिपाठी थियो । ती बाबा हिन्दीका प्रोफेसर थिए ।

‘जब म १० कक्षाको एडमिट कार्ड भर्दै थिएँ, त्यो बेला मैले पनि आफ्नो नामको पछाडि त्रिपाठी थपें । किनकि मलाई पुजारी या किसान बन्नु थिएन । त्यसपछि मैले आफ्नो र पछि पिताको थर पनि फेरिदिएँ’, पंकज भन्छन् ।



पंकज आगामी फिल्म ‘में अटल हुँ’मा देखिँदै छन् । यो फिल्म यही जनवरी १९ मा रिलिज हुँदै छ । फिल्ममा उनी भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिँदै छन् । 

दैनिक भाष्कर

  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १५:१४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया