‘एक्टर’मा प्रदीपको जोडी आना

फिल्म ‘एक्टर’मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्ममा आनाको आगमनपछि उनले प्रदीपसँग रोमान्स गर्ने पक्कापक्की भएको छ ।

निर्माण पक्ष र आनाबीच हालैमात्र कागजी सम्झौता भएको छ । दर्शकले पहिलो पटक आना र प्रदीपको अनस्क्रिन रोमान्स फिल्ममा हेर्न पाउनेछन् ।

राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारी निर्माता र एनिस भुसाल सह–निर्माता छन् । फिल्म अदृत फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।

केही महिना भित्रमा नै छायांकनमा जाने यो फिल्म सन् २०२५ मा रिलिज हुनेछ । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा रित बोहरा सहायक निर्देशक रहनेछन् ।

‘पहिलो पटक प्रदीपसँग स्क्रिन सेयर गर्दै छु । एउटा राम्रो टिम पनि यसमा रहेकाले काम गर्न थप उत्साहित छु’, उनले भनिन् ।





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १५:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया