logo-img

सभापति राणाले मागिन् कृषिमा पाँच प्रतिशत बजेट
बाँझो जमिनमा गाँजा, बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा पाँच प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो माग गरेकी हुन् । कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको उनले बताइन् । 

‘कृषिमा जुन किसिमको सेवा सुविधा नेपाली जनताले खोजेको छ । कृषिमा सेवा सुविधा मात्रै होइन । कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा पाँच प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं,’ उनले भनिन्, ‘बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौँ ।’



किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई पत्र लेखेको स्मरण गर्दै उनले भनिन्, ‘उहाँले रेस्पोन्स गर्नुभएको छ । नेपालका १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम र स्काउटहरुलाई तालिमको लागि तयारी गर्छौं ।’





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार २२:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया