जापान भूकम्प : मृतकको संख्या २०३ पुग्यो, ६८ जना अझै बेपत्ता

जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको संख्या २ सय ३ पुगेको र अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

सुजु सहरमा ९१, वाजिमा ८१, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा तीन, शिका र हाकुईमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ । मंगलबारदेखि लगातारको वर्षाले, पहिरोजस्ता खतराहरूको सम्भाव्यताको बारेमा सजगता बढाउँदै अधिकारीहरूले चेतावनी जारी गरेका छन् । 

क्योदोले क्षेत्रीय मौसम विज्ञान पर्यवेक्षकलाई उद्धृत गर्दै चुचुरोमा चिसो हावाको कारण वायुमण्डल अस्थिर रहने, भूकम्प र वर्षाले हिउँ पग्ली  नोटो क्षेत्रमा जमिन अस्थिर हुने सम्भावना बढेको रिपोर्ट गरेको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार, कोभिड–१९ र इन्फ्लुएन्जाजस्ता सङ्क्रामक रोगहरूको बढ्दो जोखिमको बीचमा २६ हजारभन्दा बढी व्यक्तिहरूले विभिन्न शिविरमा आश्रय लिइरहेका छन् । प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण करिब ३ हजार १०० व्यक्ति राज्यको सहज पहुँचभन्दा टाढा बस्न बाध्य छन् । 

ठेगाना नखुलेका व्यक्तिको विषयमा उत्पन्न अन्योलको जवाफमा विभिन्न माध्यमबाट सङ्कलन  सूचना एकीकृत गरी सङ्ख्या अद्यावधिक गरिने स्थानीय अधिकारीहरूले बताएका छन् ।  





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ७:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया