logo-img

माल्दिभ्सका राष्ट्रपति चीन भ्रमणमा, राष्ट्रपति सीसँग भेटवार्ता

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु चीनको औपचारिक भ्रमणमा रहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामामुइज्जु चीनको पाँच दिने औपचारिक भ्रमणमा निस्किएका हुन् ।  

यस अवधिमा उनले धेरै महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । दुई देशबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो । मुइज्जुले दुई देशबीचको सामाजिक–आर्थिक सम्बन्ध र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन चिनियाँ अधिकारीहरूसँग भेटघाट पनि गरेका छन् ।

माल्दिभ्स र चीनबीच २० वटा ठूला सम्झौताहरू आदानप्रदान भएका छन् । सम्झौतामा हस्ताक्षर गर्ने क्रममा उनले बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित समारोहमा भाग लिएका थिए । 



प्रमुख सम्झौताहरूको सूचीमा विपद् जोखिम न्यूनीकरण, मत्स्यपालन, डिजिटल अर्थतन्त्र र बीआरआईलगायत अन्य क्षेत्र समावेश छन् । एक दिनअघि मोहम्मद मुइज्जुले चीनको फुजियान प्रान्तमा माल्दिभ्स बिजनेस फोरमलाई सम्बोधन गरेका थिए । 

यसक्रममा उनले चीनलाई आफ्नो निकटतम् सहयोगी भएको बताए । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको प्रशंसा गर्दै उनले चीन हाम्रो नजिकको सहयोगी भएको बताए । 

चिनियाँ परियोजनाका कारण माल्दिभ्समा पूर्वाधारको विकास भएको छ । उनले चीनबाट बढीभन्दा बढी पर्यटक माल्दिभ्स पुग्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले राष्ट्रपति मुइज्जुले पदभार ग्रहण गरेपछि पहिलोपटक विदेश भ्रमण गरेको बताए । 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ९:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया