३४औँ राष्ट्रिय भलिबल : आर्मीलाई हराउँदै गण्डकी बन्यो तेस्रो

गण्डकी प्रदेशले ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको हो ।   

योसँगै गण्डकीले समूह चरणमा आर्मीसँग ब्यहोरेको हारको बदला पनि लिन सफल भयो । समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । 

गण्डकीले पहिलो सेटमा आर्मीलाई २५–२२ ले हराएको थियो । दोस्रो सेटमा भने आर्मीले गण्डकीलाई २६–२४ को हराएर खेल १–१ को बराबरीमा ल्याएको थियो । 

तेस्रो सेटमा भने गण्डकीले आर्मीमाथि २६–२४ को जित निकाल्यो । यस्तै, चौथो सेटमा गण्डकीले आर्मीलाई २५–२२ ले हराउँदै नतिजा आफ्नो पक्षमा पार्‍यो ।  

सेमिफाइनलमा गण्डकी प्रदेश एपिएफसँग तथा आर्मी नेपाल पुलिस क्बलसँग स्तब्ध भएको थियो ।  





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १२:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया