शाहरुख र मणि रत्नमबीच होला सहकार्य ?

बलिउड अभिनेता शाहरुख खानले सन् १९९८ मा मणि रत्नमको फिल्म ‘दिल से’मा अभिनय गरे । यो फिल्मको ‘छैया छैया’ गीत आज पनि उत्तिकै लोकप्रिय छ । अभिनेता शाहरुखको मणि रत्नमप्रति कति मोह छ भने अहिले पनि उनीसँग सहकार्य गर्न चाहन्छन् ।

शाहरुखको पछिल्ला फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ बक्सअफिसमा सुपरहिट भएपछि उनलाई हालैमात्र सीएनएन न्यूज १८ ले ‘इण्डियन अफ द इयर’को अवार्ड प्रदान गरेको थियो । उनले अवार्ड लिइरहँदा निर्देशक मणि रत्नम पनि समारोहमा उपस्थित थिए । अवार्ड लिएपछि उनले मणि रत्नमलाई नयाँ फिल्ममा आफूलाई लिन अनुरोध नै गरे ।

‘म तपाईंलाई आग्रह गरिरहेको छु, भीख मागिरहेको छु, तपाईं मसँग फिल्म गर्नुहोस् । यसपटक रेल नभई प्लेनमा तपाईंका लागि ‘छैया छैया’ गर्न तयार छु,’ मणि रत्नमप्रति लक्षित गर्दै शाहरुखले भने ।

शाहरुखको कुरा सुनेपछि मणि रत्नमले पनि आफूले प्लेन किनेपछि मात्र शाहरुखलाई कास्ट गर्ने बताए । यो कुरा सुनेका शाहरुखले ‘मैले प्लेन किने भने’ मात्र के भनेका थिए, मणि रत्नमले ‘पक्का काम गर्नेछु’ भन्दै जवाफ फर्काए । शाहरुखले आफूले अभिनय गरेको फिल्मको व्यापार हेरिरहँदा प्लेन खरिद गर्ने दिन नजिक आइसकेको घोषणा नै गरे ।





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १७:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया