अफवाहले हैरान तापसी पन्नु

बलिउड अभिनेत्री तापसी पन्नू हालका दिनमा फिल्म ‘डंकी’ को सफलताको उत्सव मनाइरहेकी छन् ।

फिल्ममा उनले अभिनेता शाहरुख खानको अपोजिटमा अभिनय गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले फिल्ममा अनुबन्ध भएपछि पनि आफू सो फिल्मको हिस्सा हो भन्ने कुरा विश्वास नगरिरहेको खुलासा गरेकी छन् ।

उनका अनुसार फिल्म उद्योगका बारेमा ‘उनी फिल्मको प्रमुख भूमिकामा मात्र अभिनय गर्छिन्’ भन्ने अफवाह छ । यही कारण उनले कैयौं प्रोजेक्ट गुमाएकी छन् । यही अफवाहका कारण निर्देशक उनलाई राम्रो सहायक चरित्रका लागि प्रस्ताव गर्न हिचकिचाइरहेका छन् ।

‘हरेक कोही राजकुमार हिरानी सरजस्ता छैनन् । उहाँलाई कुनै कम्फर्ट जोनको आवश्यकता छैन् । फिल्म ‘मनमर्जिया’मा मेरो काम देखेर उहाँले अचानक मलाई म्यासेज गर्नुभयो । मेरो धेरै फिल्म हेरेपछि उहाँले मलाई ‘डंकी’मा प्रस्ताव गर्नुभयो । यो एक सुन्दर सत्य थियो । यहीकारण फिल्मको पहिलो सेड्युल पुरा हुन्जेलसम्म मलाई विश्वास भएन’, उनले भनेकी छन् ।

तापसीका अनुसार ‘डंकी’ फ्लोरमा गएको डेढ वर्षसम्म मानिसहरुले आफूलाई ‘राजुले कुनै दोस्रो अभिनेत्रीमाथि पनि विचार गरिरहेको’ भन्ने सुनाए । ‘तर राजु सरले यस्तो केही गर्नुभएको थिएन । उहाँ मप्रति आश्वस्त हुनुहुन्थ्यो । यहीकारण म यो फिल्म गर्दैछु भन्ने स्विकार्न मलाई निकै समय लागेको थियो’, उनी भन्छिन् ।

फिल्म उद्योगमा उनीमाथि अन्य व्यक्तिहरुले के धारणा राख्छन् भन्नेबारे पनि बोलेकी छन् । ‘यो एक गलत हल्ला हो कि जसलाई टाढा राख्दा राख्दा म थाकिसकेकी छु । मेरो बारेमा यो भनिन्छ कि यदि कुनै फिल्ममा मेरो केन्द्रीय चरित्रमा छैन भने म काम गर्दिनँ । मेरो बारेमा यो गलत हल्ला कसले फैलाइरहेको छ । थाहा पाउन सकेकी छैन’, तापसी भन्छिन् ।



फिल्म ‘डंकी’ गत २१ डिसेम्बरमा रिलिज भएको थियो । फिल्ममा शाहरुख खान, विक्की कौशल, तापसी पन्नु, बोमन इरानीको अभिनय थियो । फिल्मले हालसम्म विश्वव्यापी रुपमा ४ सय ४७ दशमलब ७० करोडको कलेक्सन गरिसकेको छ ।  
 



  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १६:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया