logo-img

सामाजिक सेवालाई राजनीतिक आँखाले नहेरौँ : आरजु राणा
फाइल तस्बिर

नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिले हेर्न नहुने धारणा राखेकी छन् ।

जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उनले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताइन् ।   

नेतृ राणाले भनिन्, ‘यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुँदैन, यसमा राजनीति छैन, जसलाई पर्छ उसैलाई सहयोग गर्ने हो । तरुण दलले जाजरकोट पुगेर घर बनाउने काम गर्‍यो त्यसपछि तरुण दलकै विश्वासमा उहाँहरूसँगै यी सामग्री पीडितका लागि पठाइएको हो ।’  



प्रतिनिधिसभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी राणाले विपद्का बेला नागरिकलाई सहयोग गर्नु दायित्व भएको बताइन् । ‘सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखि सहयोग गर्दै आएको हो, जाजरकोट भूकम्पका कारण गर्भवती, सुत्केरीलाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि सहयोगका लागि यहाँ आएका हौँ,’ राणाले भनिन् ।  

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आफूहरू भूकम्पपछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्प पीडितको अवस्था अत्यन्त दयनीय रहेको बताए । 





  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार २२:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया