logo-img

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्तिको सहअध्यक्षमा मनोनीत

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ सो पार्टीको सहअध्यक्षमा मनोनीत भएकी छिन् । 

शुक्रबार टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनले पार्टीका संरक्षक रेशम चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । निर्वाचित समितिको पहिलो बैठकले श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

विधान संशोधन गरेर चौधरी​ले आफ्नै श्रीमती रञ्जितालाई सहअध्यक्ष बनाएका हुन् । सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको पत्र अध्यक्ष चौधरीले  श्रेष्ठलाई पठाएका हुन् । 

शुक्रबार अधिवेशनअघिसम्म चौधरीले अध्यक्षमा मनोनयन दिने सल्लाह नभएको, तर एक्कासि उनले अध्यक्षमा उम्मेदवारी दिएपछि भूमिसुधारमन्त्रीसमेत रहेकी श्रेष्ठ अधिवेशनस्थल छाडेर बाहिरिएकी थिइन् । 

नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्था समेत गरेको छ ।





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार १९:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया