सनी लियोनीले खोलिन् रेष्टुरेन्ट

पोर्न सिने उद्योगलाई छाडेर बलिउडको अभिनयमा स्थापित अभिनेत्री सनी लियोनी अब व्यवसायी भएकी छन् । उनले भारतको नोएडास्थित गुलसन वन २९ मा सिंगिङ बाउल्स हस्पिटालिटीका साहिल बावेजाका साथ मिलेर ‘चिका लोका बाय सनी लियोनी’ रेष्टुरेन्ट सुरु गरेकी छन् ।

‘चिका लोका त्यो स्थान हो, जहाँ मानिसहरु आफूलाई ग्ल्यामरमा डुबाउन सक्छन् र पूर्ण रुपले सहज महसुस पनि गर्न सक्छन् । म देखाउन चाहन्छु कि पाहुनाहरु आफ्नो मनपर्ने कलाकार र कक्टेलसँग इन्जोय गर्न सकुन्,’ सनीले भनिन् ।

सात हजार वर्ग फुटमा फैलिएको सेफ वैभव भार्गवद्वारा सजाइएको फ्ल्यागिसप आउटलेटमा इन्डियन, एसियन, मेक्सिकन र इटालियन कुनिजको मिश्रणका साथ ग्लोबल फ्लेवर्स अफर गरिएको छ । यसका साथै पोशन्स बाय सनी लियोनीले उनको बलिउड र यात्राबाट प्रेरित युनिक ककटेल प्रस्तुत गर्दछ ।

सनीको चिका लोकामा स्टेज, बार, र टेरेसका साथ एक शानदार भेन्यु छ, जुन निकै सुन्दर छ । गोवा, हैदराबाद र मुम्बईसम्म विस्तार गर्ने योजनाका साथ सनीको गेष्ट्रोनोमिक भेन्चर २२ जनवरीमा सुरु हुँदै छ ।





  • प्रकाशित मिति : पुस २८, २०८० शनिबार २०:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया