पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पहिलोपटक विस्थापित प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार २०८० आज एक कार्यक्रमबीच वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रक्मिणी श्रेष्ठलाई प्रदान गरिएको छ ।   

घिमिरेले ०१८ सालदेखि रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रा आरम्भ गरेका थिए । प्रतिष्ठानले उनलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो । 

यस्तै, नेपालभाषाको साहित्यक मासिक पत्रिका ‘थौंकन्हे’को सम्पादक तथा प्रकाशक वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठ ०४५ सालदेखि साहित्यिक पत्रकारितामा आबद्ध छन् । प्रतिष्ठानले उनलाई नेपालभाषाको साहित्यिक पत्रकारितामा पुर्याउँदै आएको योगदानको सम्मान गर्दै ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो । पुरस्कृत दुवैजनालाई कदरपत्रसहित प्रतिव्यक्ति नगद ५० हजार सम्मानस्वरुप उपलब्ध गराइएको छ ।

सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारिताको महत्वलाई सरकारले बिर्सन नहुने भन्दै पुरस्कारलाई निरन्तरता दिने बताए । 'साहित्यिक पत्रकारिता पुरस्कार साहित्य क्षेत्रमा कमल चलाउने पत्रकारको सम्मानस्वरुप सुरु गरेका छौँ, यसले निरन्तरता पाउनुपर्छ,' कुलपति राईले भने । 

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले सम्मानित पत्रकारहरुलाई बधाई दिँदै साहित्यिक पत्रकारितामा उनीहरुको निरन्तरताका लागि शुभकामना व्यक्त गरे । 

भाषा आयोगका अध्यक्ष मातृका पोखरेलले साहित्यिक पत्रकारितालाई सम्मान पुरस्कारलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सुझाब दिए । उनले साहित्य क्षेत्रप्रति नै राज्यले हेर्ने नजर सकारात्मक बनाउन जरुरी भएको बताए । 



सो अवसरमा साहित्यक पत्रकार संघका केन्द्रीय अध्यक्ष मोहन दुवाल, मधेस आयोगका सदस्य आभाकुमारी सिंहलगायत साहित्यकारको उपस्थिति थियो ।



  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार २२:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया