logo-img

अगस्त्यः च्याप्टर १ मा नाजिरका ६ लुक्स

आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । 

यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ ।

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीका अनुसार नाजिरले फिल्मका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोस्टरमा नाजिरको सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको छ । फिल्ममा उनलाई ‘निसान’ पात्रको भूमिकामा देख्न पाइनेछ ।



डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

फिल्ममा सौगात र नाजिरसँगै मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत कलाकारको अभिनय छ ।
 





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १८:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया