संसदको अधिवेशन माघ तेस्रो साता बोलाउने तयारी

संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने तयारी गरेको छ । 

मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेसँग सिंहदबारस्थित उनकै कार्यकक्षमा पुगेर माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराएका थिए ।

दिउँसो झण्डै एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा दर्ता भएका १० वटा विधेयक प्रक्रियामा छन् । राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरु पनि रहेका छन् ।

सरकारले नीति तथा कार्यक्रम फागुनमै संसदमा पेस गर्ने भनेको र त्यसका लागि समेत ख्याल गरेर क्यालेन्डर बनाउन सभामुखलाई कानुनमन्त्री गुरुङले सुझाव दिएका छन् ।





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार २२:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया