logo-img

अफ्रिका कप अफ नेसन्समा बुर्किनाफासोको कठिन जित

अफ्रिका कप अफ नेसन्समा बुर्किना फासोले कठिन जित निकालेको छ । अतिरिक्त समयको अन्तिम समयमा पेनाल्टी पाउँदै बुर्किना फासोले मौरेन्टिनालाई १–० गोल अन्तरले हरायो । 

बुर्किना फासोलाई गोल गर्न अतिरिक्त समय कुर्नु परेको थियो । मौरेन्टिनाका इसा काबोरेले डी बक्सभित्र फल गरेपछि बुर्किना फासोले भारमार्फत पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई बेट्रान्ड टारोरले गोलमा परिणत गर्दै १–० को जित दिलाए ।

समूह ‘डी’ मै रहेका अल्जेरिया र एंगोलोले भने मंगलबार बिहान सकिएको खेलमा एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ७:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया