logo-img

एसियन कपमा कीर्गिस्तानविरुद्ध थाइल्याण्डको सहज जित

एफसी एसियन कप फुटबलमा थाइल्याण्डले जित निकालेको छ । कतारमा जारी प्रतियोगितामा मंगलबार भएको खेलमा थाइल्याण्डले कीर्गिस्तानविरुद्ध २–० को सहज जित निकालेको हो ।

फिफा वरियतामा ११३ औं स्थानमा रहेको थाइल्याण्डले ९८ औं स्थानमा रहेको कीर्गिस्तानविरुद्ध सहज जित निकालेको हो । 



थाइल्याण्डको जितमा सुपाचाई चाइडेडले दुवै गोल गरेका थिए । उनले २६ औं मिनेट र ४८ औं मिनेटमा गोल गरेका हुन् । त्यसपछि दुवै टिमबाट गोल नभएपछि समूह एफमा थाइल्याण्डले स्पष्ट जितका साथ ३ अंक लिन सफल भयो । 

यो समूहमा साउदी अरेबिया र ओमान पनि रहेका छन् । 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ८:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया