logo-img

अभिनेत्री ईशा देवलले सम्बन्धविच्छेद गरेकी हुन् ?

बलिउडमा धर्मेन्द्र देवल र हेमा मालिनीलाई आदर्श जोडीका रूपमा चिनिन्छ । यो जोडीले आफ्नो करियरमा कैयौं हिट फिल्म दिएका छन् । 

उनीहरूको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी ईशाले भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बीचमा उनी र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ ।

उनीहरूले आधिकारिकरूपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा भने उनीहरू अलग्गिएको खबर भाइरल भइरहेका छन् । ईशा र भरतले विवाह गरेको १२ वर्ष पुगेको छ । उनीहरूको दुई छोरी छन् । 
  
ईशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए ।  





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ११:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया