बिँडी तान्दा महेश बाबुलाई ‘माइग्रेन’

अभिनेता महेश बाबुका फिल्म ‘गुंटूर करम’ गत जनवरी १२ मा रिलिज भयो । यो फिल्मले बक्स अफिसमा ७७ करोडको कलेक्सन गरेको छ ।

यो फिल्ममा काम गर्दा आफूलाई ‘माइग्रेन’ भएको महेशले खुलासा गरेका छन् । उनले फिल्ममा भएको धूम्रपानको दृश्यबारे कुरा गर्दै बिँडी तान्दा आफूलाई ‘माइग्रेन’ समस्या देखिएको खुलाएका छन् ।

‘मैले धूम्रपानलाई प्राथमिकता दिएको छैन । तर स्क्रिप्टको माग अनुसार मैले बिँडी तानेको हुँ । मैले पहिलो पटक बिँडी तान्दा मलाई माइग्रेन भयो । यसपछि सेटमा ‘आयुर्वेदिक बिँडी’बनाएर मैले दृश्य दिएँ’, उनले भनेका छन् ।

उनले आफूले धूम्रपान नगर्ने र धूम्रपानलाई प्राथमिकता नदिने बताएका छन् ।  ‘यो एक आयुर्वेदिक बिँडी थियो । जुन ल्वाङको पत्ताबाट बनाइएको थियो । सुरुमा मलाई वास्तविक बिँडी दिइयो, जसले मलाई माइग्रेन भयो । 

मैले यो बारेमा त्रिविक्रम श्रीनिवासलाई बताएपछि अब के गर्ने भनेर उनले सोचे । त्यसपछि उनले सोधखोज गरेर मलाई आयुर्वेदिक बिँडी दिइयो । जुन मलाई राम्रो लाग्यो । यो ल्वाङको पत्ताबाट बनाइएको थियो र यसमा पुदिनाको स्वाद थियो । यसमा कुनै सुर्ती थिएन’, महेश बाबुले भनेका छन् ।

यो फिल्ममा त्रिविक्रम श्रीनिवासको निर्देशन छ । यो फिल्म अघि महेश बाबु र त्रिविक्रमले ‘हिट अथाड’(२००५) र ‘खलेजा’(२०१०) जस्ता ब्लकबस्टर फिल्ममा सहकार्य गरेका थिए ।



गुंटुर करम’मा महेश बाबुका अलावा श्रीलीला, मीनाक्षी चौधरी, जगपति बाबु, राम्या कृष्णन, जयराम, प्रकाशराज र सुनिल जस्ता कलाकारको अभिनय छ । यो फिल्म गुंटूरको एक डन र उसको प्रेमकथामा आधारित छ । 



  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १६:४३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया