गायक यम बरालको ‘साथी’ सार्वजनिक

गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । 

कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताए । उनले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गरे । 

गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ । 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार १७:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया