logo-img

सिरिया र इराकी कुर्दिस्तानको आतंकवादी अड्डामा इरानले गर्‍यो मिसाइल आक्रमण

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आइआरजीसि) ले हालै इरान विरोधी आतंकवादी हमलाहरूको जवाफमा क्रमशः सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेको छ ।

आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचेस्तानमा हालैका आतंकवादी हमलाहरूको प्रतिक्रियाको रूपमा आक्रमण गरेको बताएको छ । इजरायलले इरानी र प्रतिरोधी कमाण्डरहरूको हत्या गरेको छ । इराकी सुरक्षा स्रोतकाअनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ ।

३ जनवरीमा दुई आत्मघाती आतंकवादीले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएका थिए । जसको परिणामस्वरूप ९० भन्दा बढीको मृत्यु भएको थियो ।  



२८० जना घाइते भएका थिए । ४ जनवरीमा भएको बम विस्फोटको जिम्मेवारी आइएस आतंकवादी समूहले लिएको थियो । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १०:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया