भोजपुरी अभिनेत्री अक्षरामाथि फ्यानले किन गरे आक्रमण ?

भोजपुरी फिल्म उद्योगकी प्रख्यात अभिनेत्री अक्षरा सिंहमाथि शुभेच्छुक(फ्यान)ले आक्रमण गरेका छन् । भारतको महाराष्ट्रस्थित औरंगाबादको दाउदनगरमा भएको कार्यक्रममा अक्षरामाथि आक्रमण भएको हो ।

आक्रमणमा अक्षरालाई चोट नलागे पनि एक प्रहरी घाइते भएका छन् । अक्षरा त्यहाँ एक शोरुमको उद्घाटन गर्न बुधबार दिउँसो पुग्ने कार्यक्रम थियो ।

तर मौसमका कारण उडान डिले भएपछि उनी बेलुकी मात्र पुगेकी थिइन् । सोही कारण उनका फ्यान रिसाएका थिए । तर अक्षरा पुगेपछि भने सेल्फी लिने फ्यानको भीडले घेरेको थियो ।

भीड यति धेरै बढ्यो कि त्यो भीडलाई नियन्त्रणमा लिन प्रहरीलाई नै हम्मे परेको थियो । भीडका कारण केही फ्यान घाइते भएका थिए । फ्यान घाइते भएपछि केहीले अक्षरामाथि ढुंगा प्रहार गरेका थिए । यद्यपि, त्यहाँ उपस्थित प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेको थियो ।

अक्षरालाई बचाउने क्रममा फ्यानको ढुंगा लागेर एक प्रहरीको टाउको फुटेको छ । घाइते प्रहरीको दाउदनगरको सरकारी अनुमण्डल अस्पतालमा उपचार गरिएको छ ।

अक्षरामाथि फ्यानको आक्रमण यो पहिलो होइन । उनी माथि २०२२ मा पनि आक्रमण भएको थियो । त्यो बेला उनी महाराष्ट्रको बदलापुर महोत्सवमा सहभागी हुन त्यहाँ पुगेकी थिइन् । त्यहाँ पनि उनलाई ढुंगाले आक्रमण गरिएको थियो ।  





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १२:४२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया