‘हनुमान’ को सिक्वेलमा राम चरणलाई प्रस्ताव

प्रशान्त बर्मा निर्देशित र तेजा सज्जा स्टारर फिल्म ‘हनुमान’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वव्यापी रूपमा १ सय करोडको आँकडा पार गरिसकेको छ । 

यो फिल्मका निर्माताले यसको सिक्वेल ‘जय हनुमान’को घोषणा पनि गरिसकेका छन् । फिल्मको सिक्वेलका लागि निर्माताले साउथ सुपरस्टार राम चरणलाई प्रस्ताव गरेका छन् । उनीहरूले राम चरणले श्रीरामको भूमिका निभाउन भन्ने चाहेका छन् । 

हालसम्म राम चरणले यो विषयमा आधिकारिक मुख खोलेका छैनन् । राम चरणले यसअघि सुपरहिट फिल्म ‘आरआरआर’मा रामको भूमिका निर्वाह गरेका थिए ।

फिल्म ‘हनुमान’ प्रशान्तको सिनेम्याटिक युनिभर्सको पहिलो भाग हो । निर्देशकले आगामी युनिभर्समा २० कथालाई जोडेर १२ सुपरहिरो निर्माण गर्ने तयारी गरिरहेका छन् । यो युनिभर्सको दोस्रो इन्स्टलमेन्ट ‘अधीरा’ हुनेछ । 

यो फिल्ममार्फत दक्षिण भारतका प्रख्यात निर्माता डीवीवी दनय्याका छोरा कल्याण डेब्यू गर्दै छन् । 
 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १३:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया