logo-img

छोरी बलात्कार र छोराको हत्या आरोपमा फरार नयाराम बुढा पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोप लागेका एकजना पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

उनलाई प्रहरीले कैलालीको टीकापुर–१ बाटलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टीकापुर गएको थियो ।

मोबाइल लोकेसनका आधारमा अनुसन्धान टोलीले पक्राउ गरेको हो । बुढा टीकापुरमा साढु दाइको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनले मंगलबार बन्चरो प्रहार गरी छोराको हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारबाट पुष्टि भएको थियो ।   



बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण छोराको हत्या भएको हुन सक्ने प्रहरीको आकलन छ । 





  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार १४:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया