logo-img

ललितपुरका यी स्थानमा हुँदै छ आज विद्युत् आपूर्ति बन्द

ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभिन्न स्थानका विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

गोदावरी नगरपालिकाका वडा नम्बर ५ र ६,११, १२, १३, नम्बर वडामा बिजुली ६ घण्टासम्म बन्द हुनेछ । यसैगरी लेले, टीकाभैरव, टाखेल, नल्लु, चापागाउँ, ठेचो, झरुवारासी लगायतका स्थानहरूमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ । 

निर्धारित समयभन्दा अगाडि नै फिडर तान्ने काम सम्पन्न भएमा प्राधिकरणले ४ बजे अगाडि नै लाइन सुचारु गर्न सक्ने पनि जनाएको छ ।







  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार ८:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया