सन्तोष सेनको ‘बलिदान’मा जोडिए सुजन

पछिल्लो समय निकै रुचाइएका गायक सुजन चापागाईँले चलचित्र बलिदानमा काम गर्ने भएका छन् । लोकप्रिय गायक चापागाईँ उनको साङ्गीतिक संस्था आर्टमान्डुका टिमका सदस्यद्वय गीतकार हर्क साउद र निर्देशक नवीन चौहानले पनि चलचित्र बलिदानमा गीत संगीतको पाटो सम्हाल्ने गरी सम्झौता भएको छ । 

सुजनले गाएका तीन पाते, फूलथुंगे रानी, लजाए, गाला पुक्क, घुमी घुमी मिलेको जीउ छिनेको कम्मर, बाफलगायतका दर्जन गीतले निकै रुचाइएकोमा पर्छन् । बलिदान चलचित्रका गीत तथा ब्याकराउण्ड म्युजिकमा यो टिमले नेतृत्व गरी काम गर्नेछ । हर्कले गीत रचना गर्नेछन्, सुजनले गीतमा संगीत तथा स्वर र ब्याकराउण्ड म्युजिक तयार गर्नेछन् भने नवीनले टिम व्यवस्थापन गर्नेछन् ।

यसअघि सुजनले केही चलचित्रको लागि फुटकर गीतहरूमा आवाज दिए तापनि पहिलो पटक सबै जिम्मेवारी लिएर चलचित्रमा गीत गाउनका लागि आबद्ध भएका हुन् ।  दर्शक तथा श्रोताका लोकप्रिय गायक तथा संगीतकारलाई चलचित्रमा आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । 

टिमको आबद्धतासँगै हाल गीत संगीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले चलचित्रको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए । सन्तोषको मेघा प्रोजेक्टको रूपमा रहेको चलचित्र बलिदानको टिजर छांयाकन अगावै रिलिज भैसकेको छ । 

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस चलचित्रमा कलाकारहरूको विषयमा भने हालसम्म केही खुलासा गरिएको छैन । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । 





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार ११:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया