logo-img

इरान-पाकिस्तान सैन्य आक्रमणप्रति राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन् । 

महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेका छन् । 

महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्त अनुसार शान्तिपूर्ण  संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिएका छन् । 



मंगलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतङ्कवादी आधारहरू’ मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतंकवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो ।   





  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार १६:२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया