आईईएलटिस र पिटिई : उच्च शिक्षा अध्ययनको पहिलो खुड्किलो

उच्च शिक्षा अध्ययनको लागि विदेश जाने सोच बनाएका विद्यार्थीले पार गर्नुपर्ने पहिलो चरण– भाषिक क्षमता मूल्यांकन परीक्षा हो । यो एउटा विद्यार्थीको अंग्रेजी भाषा क्षमता मूल्यांकन गर्ने परीक्षण प्रणाली हो ।

भाषा मूल्यांकन गर्ने विभिन्न विधि भए पनि नेपालबाट उच्च शिक्षा अध्ययनको लागि विदेश जाने अधिकांश विद्यार्थीले आईईएलटिएस र पिटिई विधिबाट आफ्नो भाषिक क्षमताको मूल्यांकन गराउने गरेको पाइन्छ । त्यसैले आज हामी आईईएलटिएस र पिटिईका भिन्नता, समानता, उद्देश्य र महत्वबारे प्रस्ट्याउने प्रयास गर्नेछौँ ।

उच्च शिक्षा अध्ययनको लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई आईईएलटिएस र पिटिई भनेको के हो भन्ने पक्कै थाहा हुन्छ । थाहा नभए पनि यो लेख पढ्नु भयो भने तपाईँ प्रस्ट हुनुहुनेछ । पछिल्लो समय उच्च शिक्षा पूरा गर्न विदेश जाने लहरै चलेको छ भन्दा फरक नपर्ला । विदेशबाट शिक्षा आर्जन गरेका विद्यार्थीले स्वदेश तथा विदेशमा राम्रो पदसँगै आम्दानीका अवसर प्रशस्त पाउने भएका कारण पनि अधिकांश विद्यार्थीले आफ्नो उच्च शिक्षा विदेशी विश्वविद्यालयबाट पूरा गर्ने गरेका छन् ।

उच्च शिक्षाका लागि विदेश जान स्वदेशमै विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । जसमध्येको एक हो, भाषा मूल्यांकन परीक्षण प्रणाली । उच्च शिक्षा अध्ययनको लागि विदेश जान दिइने विभिन्न भाषा परीक्षण प्रणालीमा ‘अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटिस)’ र ‘पिर्यसन अंग्रेजी टेस्ट (पिटिई)’ पनि पर्छन् ।

भाषा प्रवीणता परीक्षणको महत्व 

अंग्रेजी भाषा साधारण बोलीचालीमा मात्र नभइ शैक्षिक क्षेत्रमा अत्यावश्यक भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा अंग्रेजी भाषालाई विशिष्ट तथा अनिवार्य भाषाका रूपमा लिइन्छ । सोही कारण पनि उच्च शिक्षाका लागि विदेश जान अंग्रेजी भाषा महत्वपूर्ण हुने गरेको छ ।



अंग्रेजी भाषामा प्रभावकारी तरिकाले सञ्चार गर्ने क्षमता भएका व्यक्तिलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा शैक्षिक सफलता हासिल गर्ने आधारशिला साबित हुन्छ । त्यसैले गैर–स्थानीयको अंग्रेजी भाषा मूल्यांकन गर्न आईईएलटिस र पिटिई भाषा परीक्षा दिनुपर्छ । यी परीक्षणले भाषिक क्षमताको मापन मात्रै गर्दैनन्, अंग्रेजी बोल्ने शैक्षिक वातावरणमा घुलमिल हुन सक्ने वा नसक्ने क्षमताको पनि मूल्यांकन गर्छ ।

आईईएलटिएस



आईईएलटीएस भाषा मूल्यांकन विश्वका अग्रणी विशेषज्ञहरूले विकसित गरेको एउटा परीक्षा प्रणाली हो । यसमा प्रमुख चार विधिहरू हुन्छन्ः सुन्ने, पढ्ने, लेख्ने र बोल्ने ।

यो अध्ययन, आप्रवासन, काम र अंग्रेजी बोल्ने वातावरणलाई एकीकृत गर्ने लक्ष्य राख्ने व्यक्तिहरूको भाषा क्षमताको मूल्यांकन गर्न डिजाइन गरिएको भाषा परीक्षा हो ।

विश्वका विभिन्न विश्वविद्यालय, रोजगारदाता, अध्यागमन अधिकारी र व्यावसायिक निकायसहित विश्वभरका ११ हजारभन्दा बढी संस्थाहरूले आईईएलटिएसलाई मान्यता दिइसकेका छन् । यसैगरी दश हजारभन्दा बढी देशमा १६ हजारभन्दा बढी परीक्षा केन्द्र तोकिएको छ ।

पिटिई

अंग्रेजी भाषा मूल्यांकन परीक्षाका लागि पिटिईतिर पछिल्लो समय धेरै विद्यार्थीको आकर्षण बढ्दै गएको देखिन्छ । अधिकांश विद्यार्थीले पिटिई सहज रहेको पनि बताउँछन् ।

पिटिई अंग्रेजी भाषामा दक्षता प्रमाणित गर्न लिइने एक किसिमको परीक्षा हो । नेपालका विभिन्न स्थानमा पिटिई परीक्षाका लागि परीक्षा केन्द्र तोकिएका छन् । पिटिई पूर्णतया कम्प्युटरमा आधारित परीक्षा प्रणाली हो । पिटिईबाट परीक्षा दिँदा नतिजा चाँडो आउनुका साथै विश्वासिलो हुने भएका कारण पनि धेरै विद्यार्थीको रोजाईमा पिटिई पर्न थालेको छ । आईईएलटिएसलाई जस्तै पिटिईलाई पनि विभिन्न देशले मान्यता दिएका छन् ।

कुन छनोट गर्ने ?

नेपालमा उपलब्ध विभिन्न अंग्रेजी भाषा मूल्यांकन परीक्षणमध्ये कुन गर्दा सही होला भनेर विद्यार्थीहरू दुविधामा परेको पाइन्छ । आईईएलटिएस कि पिटिई के गर्ने ? कम्प्युटरमा दक्षता राख्ने विद्यार्थीलाई पिटिई सहज लाग्न सक्छ भने अंग्रेजी लेखन क्षमता राम्रो भएका विद्यार्थीलाई आईईएलटिएस सहज लाग्न सक्छ । तर आईईएलटिएस कि पिटिई के गर्ने भन्ने पूर्णतया विद्यार्थीमा निर्भर हुन्छ ।

आईईएलटिएलाई सबैभन्दा भरपर्दो अंग्रेजी परीक्षासमेत मानिन्छ । आईईएलटिएसमा प्रायः लेखनलाई बढी प्राथमिकता दिएको हुन्छ । यसबाट विद्यार्थीले लेखन क्षमतालाई अभिवृद्धि गर्न सक्छन् ।

लेखनशैलीलाई अझ सशक्त बनाउन आईईएलटिसले सहयोग गर्छ । त्यसैगरी, कम्प्युटरमा अभ्यस्त भइसकेका विद्यार्थीलाई भने पिटिई सहज हुनसक्छ । त्यसैले कुन छनोट गर्ने, त्यो विद्यार्थीको अध्ययन समय र आर्थिक पक्षमा भरपर्छ । 

आईईएलटिएस र पिटिईको स्कोर पनि एकअर्कासँग मिल्दोजुल्दो न हुने भएकाले विद्यार्थीले आफ्नो क्षमता अनुसार जुनसुकै विधि छनौट गर्दा हुन्छ । त्यसकारण कुन भाषा परीक्षा छनोट गर्ने विद्यार्थीले नै निर्णय गर्नुपर्छ ।

आईईएलटिएस र पिटिईको उद्देश्य  

आईईएलटिएस र पिटिईको साझा उद्देश्य उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको भाषामा सहज वातावरण निर्माण गरिदिनु हो । विदेशमा शैक्षिक र व्यावसायिक कार्यमा उत्कृष्टता हासिल गर्न आवश्यक भाषिक सीप भएका व्यक्तिलाई यी दुई अंग्रेजी भाषा परीक्षाले सशक्त भूमिका खेल्छ ।

यी भाषा परीक्षाको उच्च अंकले विद्यार्थीलाई भर्नाका लागि सहज वातावरण निर्माण गर्नुका साथै विदेशी परिवेशमा घुलमिल हुन सहयोगी भूमिका खेल्छ । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्याथीलाई आईईएलटिएस र पिटिई भाषा मूल्यांकन परीक्षणले शैक्षिक उत्कृष्टता र व्यावसायिक सफलताको ढोका खोलिदिन्छ । आईईएलटिएस र पिटिईको छनोट विद्यार्थीले आफ्नो क्षमता, प्राथमिकता र  आवश्यकतालाई ध्यानमा राखेर गर्नुपर्छ ।

  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार १९:२२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया