logo-img

जापानको यान सफलतापूर्वक चन्द्रमामा अवतरण

जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ । 

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ । जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ ।

यद्यपि, अवतरणपछि चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार व्याट्रीको रिचार्ज हुन नसकेपछि यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बीर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधिहरू भइरहेका जाक्साले बताएको छ ।

‘स्लिमको सोलार सेलले बिजुली उत्पादन गर्न नसक्ने भएकाले यसले ब्याकअप ब्याट्रीमा काम गरिरहेको छ जुन घण्टौंसम्म मात्र टिक्छ,’ जाक्साका अधिकारीहरूले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने ।

अवतरणपछि चन्द्रमाको सतहबाट तथ्याङ्क लिने कामजाक्साका लागि प्राथमिकतामा रहेको अधिकारीले बताएका छन् ।  स्लिमको अवतरणसँगै जापान, अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ । 

चन्द्रमामा पहिलो मानव अवतरणको ५० वर्षभन्दा धेरै समयपछि धेरै मुलुक र निजी कम्पनीहरूले यात्रालाई नयाँ बनाउने प्रयास गरिरहेका छन् तर क्र्यास ल्यान्डिङ, सञ्चारमा समस्या र अन्य प्राविधिक समस्या व्याप्त छन् । 



यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो । बिहीबार अन्तरिक्ष यान फिर्ता हुने क्रममा पृथ्वीको वायुमण्डलमा जल्ने सम्भावनापछि दक्षिणी प्रशान्त महासागरमा उसको सम्पर्क विच्छेद भएको थियो ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमअन्तर्गत चालक दल भएको चन्द्र मिसनको योजना पनि स्थगित गरेको छ । यसअघि एउटा सार्वजनिक र एउटा निजी गरी दुईटा जापानी यान चन्द्रमामा पठाउने दुई वटै प्रयास असफल भएका  थिए । 



दुई वटा असफल चन्द्र अभियान र टेकअफपछि विस्फोटसहित हालैका रकेट असफलतापछि अन्तरिक्षमा यो सफलताले उच्च प्रविधिको जापानी प्रतिष्ठालाई पुनःस्थापित गरेको छ । 

  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १५:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया