‘सितारे जमिन पर’को तयारीमा आमिर खान

सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन् । यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठूलो चाहना छ ।

अब आमिर आफ्नो नयाँ फिल्म ‘सितारे जमिन पर’ बनाउने तयारीमा छन् । यसका अलावा उनको पाइपलाइनमा अभिनेता सनी देओलका साथ फिल्म ‘लाहोर १९४७’ पनि छ ।
गत वर्ष आमिरले आफ्नो फिल्म ‘सितारे जमिन पर’ बनाउने घोषणा गरेका थिए । ‘लाल सिंह चड्डा’को असफलतापछि आमिर करिब दुई वर्ष फिल्मबिहिन छन् ।

छोरी आइरा खानको विवाहपछि आमिरको ध्यान आफ्नो करियरप्रति छ । उनी नयाँ फिल्मको सुरुवात आगामी महिनाबाट गर्नेछन् । उनी यही फेब्रुअरी २ बाट ‘सितारे जमिन पर’को सुटिङ सुरु गर्दैछन् । यो फिल्मका लागि आमिरले आफ्नो लुक्स पनि तयार पारेका छन् । उनी यो फिल्मका लागि करिब ७० देखि ८० दिन समय दिँदैछन् ।

यो फिल्मको अधिकांश सुटिङ दिल्लीमा हुँदै छ । फिल्मका बारे अन्य विस्तृत जानकारी निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

आमिर निर्देशक राजकुमार सन्तोषी र अभिनेता सनी देओलका साथ निर्माताका रुपमा फिल्म ‘लाहोर १९४७’ बनाउँदैछन् । यो फिल्मको काम पनि आगामी महिनाबाट सुरु गर्दैछन् ।





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार ९:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया