न्युजिल्याण्डसँग नेपाल ६४ रनले पराजित

आइसिसी यु-१९ एक दिवसीय क्रिकेटमा नेपाल पहिलो खेलमा पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा समूह डीमा रहेको नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको हो । 

न्युजिल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको पारि खेल्दै जितको केही आशा देखाए पनि अन्य ब्याटर चल्न नसक्दा भारत पहिलोपटक उमेर समूहमा न्युजिल्याण्डसँग पराजित भएको हो । 

यसअघि न्युजिल्याण्डविरुद्ध नेपालको नतिजा राम्रो थियो ।
ओपनिङ आएका दीपक बोहोरा आउट भएपछि नेपालको विकेट पतनका श्रृंखला सुरु भएको थियो । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि चल्न सकेनन् । उनी व्यक्तिगत २ रन बनाएर आउट भए । 

त्यसपछि क्रिजमा आएका कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाल्ने प्रयास गरेका थिए । कप्तान खनाल ३४ बलमा ३६ रन बनाएर आउट भए । उनले १ छक्का र ५ चौका प्रहार गरेका थिए । 

लगत्तै विकेटकिपर ब्याटर उत्तम मगर खाता खोल्न सकेनन् भने भर गरिएका ब्याटर गुलसन झा २ रन बनाएर आउट भए । अर्जुन कुमाल र सुवास भण्डारीले ४१ बलमा ४३ रनको साझेदारी गर्दै पारी अघि बढाए ।

तर, आठौँ विकेटको रुपमा अर्जुन कुमाल ९० रन बनाएर आउट भएपछि नेपालको आशा समाप्त भएको थियो । कुमाल विश्वकपमा शतक बनाउन असफल भए । उनले १०४ बल फेस गर्दा १२ चौका प्रहार गरेका थिए । टिमको स्कोर २०१ रन पुग्दा आकाश चन्द नवौं विकेटको रुपमा १४ रन बनाएर आउट भएका थिए । 



अन्तिममा सुवास भण्डारी र तिलक भण्डारीले नटआउट पारी खेले पनि हार टार्न पर्याप्त भएन । सुवास ३३ तथा तिलक १७ रनमा नटआउट रहेका थिए ।

न्युजिल्याण्डका लागि मेसन कलार्कले ३ विकेट इवाल्ड श्रेडर  ओस्कार र ओस्कार ज्याक्सनले दुई–दुई विकेट लिए । 



टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रनको बलियो योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डीले नटआउट १४७ रनको शतकीय पारि खेल्दा ओसकार ज्याकसनले ७५ रन बनाए । यस्तै टम जोन्सले ३३ रन जोड्दा एलेक्स थम्पसनले १३ रन बनाएका थिए ।

नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे । यस्तै, दीपेश कँडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक–एक विकेट लिए ।

  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार २२:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया