logo-img

तराईमा बाक्लो हुस्सु, दुई प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । 

निरन्तर हुस्सुका कारण तराईको जनजीवन प्रभावित भएको छ । मानिसले घरबाहिर निस्किएर हिँडडुलसमेत गर्न सकिरहेका छैनन् । 

विद्यालय धमाधम बन्द भइरहेका छन् भने यातायातसमेत चल्न सक्ने अवस्था छैन । महाशाखाले चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया