अमेरिकाको टेक्ससमा गोली चल्यो : तीनको मृत्यु, दुईजना घाइते

अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान  भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन् । 

ह्युस्टनको उपनगरीय सहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा  कम्तिमा पाँच जनालाई गोली लागेको थियो ।

ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एकजना पुरुष र एकजना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसैगरी गोली लागेका अन्य दुईजना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया