पुलको ब्यानर नहटाएपछि काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

आकासे पुलमा ब्यानर लगाएर प्रदूषण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले त्यसरी ब्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।  

महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकासे पुलमा सो कम्पनीले लगाएको ब्यानरसमेत जफतसमेत गरेको छ । नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावाफत ५० हजार रुपैयाँ असुल गरेका छन् ।

‘विभिन्न आकासे पुलहरूमा ब्यानर लगाइ पुरानो हुँदासम्म पनि नहटाएको र त्यसबाट दृश्य प्रदूषण गरी फोहोरमैला गरेवापत ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ रसिदमा उल्लेख छ ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ८:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया