यस वर्षको एसइई परीक्षा चैत १५ देखि

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत दोस्रो साता लिने भएको छ । आइतबार बसेको बोर्डको बैठकले चैत १५ देखि २७ सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

बोर्डले तयार गरेको प्रश्न पत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने भएको छ । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् । यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ अंक ल्याउनै पर्ने व्यवस्था लागू हुँदै छ । 

एस वर्षको एसइई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुन लागेका छन् ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १३:३६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया