प्रहरीको कुटाइबाट मन्त्री यादवसहित चारजना सांसद घाइते

प्रहरीको लाठी प्रहारबाट मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवको टाउको फुटेको छ । सप्तरीमा जनमत पार्टी र प्रहरीबीच झडप भएको हो । 

मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप हुँदा मन्त्री यादवसहित प्रदेश सांसदहरू रञ्जु खंग, भाग्यश्री चौधरी र सतिश सिंह घाइते भएका छन् । 

सप्तरीको राजविराज १३ स्थित विषहरियामा जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने मधेस प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध गर्न पुगेका मन्त्री यादवसहितलाई प्रहरीले लाठी प्रहार गरेको हो ।

जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेस कृषि विश्वविद्यालयको जसपा अध्यक्ष यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका- १३ मा करिब १२ बिघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १६:१२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया