अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउँदै क्यानडा

क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताएका छन् । 

२०२४ को लागि, संघीय सरकारले ३ लाख ६० हजार स्नातक अध्ययन अनुमति अनुमोदन गर्ने लक्ष्य राखेको छ । यो संख्या २०२३ को भन्दा ३५ प्रतिशतले घटाइएको छ । 

संघीय सरकारको यो निर्णयले नेपालसहित विभिन्न देशबाट जाने विद्यार्थीलाई ठूलो असर पार्नेछ । प्रत्येक क्षेत्रले विश्वविद्यालय र कलेजहरूबीच कसरी अनुमति वितरण गर्ने निर्णय गर्नेछ ।  





  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार ९:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया