logo-img

यू–१९ विश्वकपमा न्युजिल्याण्डको लगातार दोस्रो जित

आइसिसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ । 

दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाललाई पराजित गरेको दक्षिण अफ्रिकाले मंगलबार आफ्नो देस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो । 

अफगानिस्तान भने लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो । अंक गणितका हिसाबले न्युजिल्याण्डको जितले नेपाललाई भने फाइदा नै पुगेको छ ।



टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २१.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ९१ रन बनाएको थियो । अफगानिस्तानका जमसेद जर्दानल सर्वाधिक २२ रन बनाउँदा अरब गुलले १० रन जोडे । 

न्युजिल्याण्डका म्याट रोवेले सर्वाधिक ५ विकेट लिए । यसैगरी एडवाल्ड सेरुडर र रियान टसरगसले दुई–दुई विकेट लिए । ओस्कार ज्याकसनको नाउँमा १ विकेट रह्यो ।

९२ रनको झिनो लक्ष्य पछ्याएको न्युजिल्याण्डले बल्लतल्ल खेल जितेको हो । न्युजिल्याण्डले लक्ष्य पूरा गर्न २८.२ ओभरमा ९ विकेट खर्चिएको थियो । 



न्युजिल्याण्डका कप्तान ओसकार ज्याक्स्नले सर्वाधिक २६ रन बनाउँदा लेचलन स्टेकपोलले १२ रन जोडेका थिए । 
रोवि फल्क्सले ८ रन बनाउँदा साम क्लोडले ७ रन बनाए । ज्याक कुमिङ र एडवाल्ड सरुडेर पाँच–पाँच रनमा आउट हुँदा म्यान रोवे ५ रनमा नटआउट रहँदै खेल जिताए ।

अफगानिस्तानका एएम गजनफरले सर्वाधिक ३ विकेट लिँदा खलिल अहमद र अरब गुलले दुई–दुई विकेट लिए ।



  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार २१:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया