logo-img

सेनेगल र क्यामरुन अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा

अफ्रिका कप अफ नेसन्समा सेनेगल र क्यामरुन समूह ‘सी’ बाट अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा गुएनामाथि २–० गोलको जित निकाल्दै सेनेगलले शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । 

यस्तै, गाम्बियाविरुद्ध ३–२ गोको जित निकालेको क्यामरुनले पनि अन्तिम १६ मा स्थान बनाएको हो । क्यामरुन दोस्रो स्थानमा छ । उसको ४ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको गुएनाको पनि ४ अंक छ । 

गुएनाको पनि अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना रहेको छ । ६ वटा टिमबाट शीर्ष २ र उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै  रहेको छ ।

गुएनाविरुद्ध मंगलबार रातिको खेलमा पहिलो हाफ बराबरी खेलेको सेनेगलले दोस्रो हाफमा २ गोल गरेको थियो । सेनेगलका अब्दुल्लाये सेकले ६१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । 

इलिमन शेखले ९० औं मिनेटमा गोल गरेपछि सेनेगलको २–० को सहज जीत पक्का भएको थियो । समूह ‘सी’ कै अर्को खेलमा क्यामरुनले गाम्बिायलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भएको ५ गोल नै दोस्रो हाफमा निस्किएको थियो ।

५६ औं मिनेटमा कार्ल टोकोले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाए । एब्ली जालोले ७२ औं मिनेटमा गोल गरेपछि गाम्बियाले खेल एक–एक गोलको बराबरीमा ल्याएको थियो ।



इव्रिमा कोलीले ८५ औं मिनेटमा गोल गर्दै गाम्बियालाई २–१ को अग्रता दिलाए । तर, ८७ औं मिनेटमा गाम्बियाकै जेम्स गोमेजले बल क्लियर गर्न नसक्दै आफ्नै पोस्टमा गोल गरेपछि उपहार पाउँदै क्यामरुनले खेल २–२ को बराबरी गरेको थियो ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा क्रिष्टोफर ओहले गोल गर्दै अन्ततः क्यामरुनलाई ३–२ को जित पक्का गराए । 



  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार ७:५०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया