बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिंगल डिजिटमा आउने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । 

अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको गभर्नर अधिकारीले बताए । बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताउँदै उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको बताए । 

अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको उनकाे दाबी छ । तत्कालका लागि नेपाली बैंकहरु साना–साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको बताउँदै उनले नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको बताए । 

बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको उल्लेख गर्दै उनले अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भए पनि अन्य तथ्य र तथ्यांककाे सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए । 

बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको बताउँदै उनले अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताए । बाह्य क्षेत्रको सुधार, बैंकिङ क्षेत्रभित्र पनि रिकभरीबाहेक अन्य कुरामा ठूला समस्या नभएको उनले उल्लेख गरे । 





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १८:३६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया