अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै, पनिका धाउनु नपर्ने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो । 

कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज बनाएको हो । 

कार्यालयको सेवा सुधार गर्न भन्दै नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि परीक्षा नियन्त्रण कार्यालय अगाडि पटक–पटक दबाब र धर्नाका कार्यक्रम गरेका थिए । अन्य विद्यार्थी संगठनहरूले समेत त्रिविको परीक्षा सम्बन्धी सेवा सुधार गर्न दबाब दिँदै आएका थिए । 

कार्यालयको सेवा अनलाइन प्रणालीमा लगेपछि अब मार्कसिट, ट्रान्सक्रिप्टसहितका कागजातका लागि एप्लिकेसन दिन विद्यार्थीहरूले बल्खु धाउनुपर्ने बाध्यता हट्ने देखिएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार ११:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया