logo-img

मधेसले दियो गण्डकीलाई ३३६ रनको लक्ष्य, अनिलले खेले शतकीय पारी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि ३ सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले । 

उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित १ सय २७ रन बनाए । यस्तै अरनिको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित ६३ रन बनाए । रुपेश सिंहले ४७, पवन सर्राफले ४०, रुपेश सिंहले ३२, अभिलेख तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए ।



बलिङतर्फ गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक/एक विकेट लिए । अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ ।  





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १४:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया